काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार ३२.४५ अंकले घटेर २६७०.९४ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । बिहिबार ७ अर्ब ८४ करोडको कारोबार भएको बजारमा सोमबार ५ अर्ब ६५ करोडको कारोबार भएको छ । सोमबार २३ कम्पनीको सेयर मुल्य बढेको छ भने २२१ कम्पनीको सेयर मुल्य घटेको छ ।