आइतबार, असार २३ गते २०८२

विगत होइन, भविष्य देखाऔँ

विगत होइन, भविष्य देखाऔँ

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • अक्सर मान्छे अतीतमुखी हुन्छ । हामी झन् बढी अतीतमुखी छौँ । हामी विगतका कुरामै रमाउँछौँ । विगतको विरासत, विगतको इतिहास जोकोहीलाई गर्विलो लाग्छ । आज पनि हामी इतिहासको कालखण्डमा हाम्रा वीर पुर्खाहरुले देखाएको बलिदानीकै गाथा गाइरहेका छौँ । आफूलाई अब्बल प्रमाणित गर्न हामी अनेकन इतिहासका फुर्काहरु समात्छौँ । ज्ञानी प्रमाणित गर्न गौतम बुद्धको सहारा लिन पुग्छौँ त बहादुर अनि निडर प्रमाणित गर्न पृथ्वीनारायण शाह, जङ्गबहादुरदेखि भक्ति थापासम्मलाई पुकार्छौं । यस्तै केही समयअघि प्रधानमन्त्री केपी ओलीले उपचार पद्धतिमा हाम्रो ज्ञान प्रमाणित गर्न हाम्रा पुर्खाहरुमा भएको प्रयोगवादी औषधीय ज्ञान र चेतना खोतल्दै थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार