बिहीबार , असोज ३ गते २०८१

एक बिहानै गण्डकी प्रदेशका ४ जिल्लामा १६ संक्रमित थपिए

एक बिहानै गण्डकी प्रदेशका ४ जिल्लामा १६ संक्रमित थपिए

अखबार दैनिक
आइतबार, असार ७ २०७७
  • एक बिहानै गण्डकी प्रदेशका  ४ जिल्लामा १६ संक्रमित थपिए

    ७ असार, काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा आइतबार फेरि १६ संक्रमित फेला परेका छन् ।

    images

    बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

    यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ५:४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना र काठेखोला गाउँपालिकामा ३ जना कोरोना संक्रमित फेला परेका छन् ।

    यस्तै ढोरपाटन नगरपालिका र बाग्लुङ नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सबै पुरुषहरु हुन् । उनीहरु २१ वर्षदेखि ४८ वर्ष उमेर समूहका छन् ।

    यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिकामा ९ वर्षीया बालिका र ३० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही गाउँपालिकाका ३३ वर्षका पुरुष र मंगला गाउँपालिकाका २० वर्षका पुरुष पनि कोरोना संक्रमित छन् ।

    पर्वतको कुश्मा नगरपालिकाका २७ र ३२ वर्षीय पुरुष तथा तनहुको ऋषिङ गाउँपालिकाका २९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ