बिहीबार , असोज ३ गते २०८१

गण्डकीमा थप १८ जना कोरोना संक्रमित, कास्किमा भेटिए १

गण्डकीमा थप १८ जना कोरोना संक्रमित, कास्किमा भेटिए १

अखबार दैनिक
मंगलबार, असार २ २०७७
  • गण्डकीमा थप १८ जना कोरोना संक्रमित, कास्किमा भेटिए  १
    २ असार, पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप १८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय २३ पुगेको छ ।
     
    प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । उनीहरु सबै जना भारतबाट फर्केर क्वारेन्टाइनमा बस्दैआएका थिए ।
     
    स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा १०, स्याङ्जामा ४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २, कास्की १ र बागलुङ १ सहित १८ जना फेला परेका हुन् । तीमध्ये गोरखा नगरपालिकाकी ३१ वर्षीया महिला छन् । अरु सबै १७ जना पुरुष छन् । गोरखामा भेटिएकामध्ये गोरखा नगरपालिकाका वर्ष २१, २५, २९, ३२, २६, ३५ र ५३ वर्ष उमेर समूहका छन् भने बारपाक सुलिकोट गाउँपालिकाका वर्ष २५ र ५३ का पुरुष छन् । गोरखा नगरपालामा कोरोना फैलिय संगै जनतालाई संन्त्रास छाएको छ ।
     
    स्याङ्जा चापाकोट नगरपालिकाका वर्ष १८ का २ जनासहित वर्ष ३५ र ३९ जना पुरुष छन्  । नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को विनयत्रिवेणी गाउँपालिकाका वर्ष १८, कास्कीको पोखरा महानगरपालिकाका वर्ष २१ र बागलुङको ताराखोला गाउँपालिकाका वर्ष ३४ का पुरुषमा कोरोना भाइरस भेटिएको हो ।
     
    संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
     
    17193ACC-EE92-4E9B-B119-E6DA7DC4E2AD.jpeg
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ