बिहीबार , असोज ३ गते २०८१

चितवनमा आजै बिहानै थपिए ७ जना कोरोना संक्रमित

चितवनमा आजै बिहानै थपिए ७ जना कोरोना संक्रमित

अखबार दैनिक
सोमबार, असार १ २०७७
  • चितवनमा आजै बिहानै थपिए ७ जना कोरोना संक्रमित

    १ असार, काठमाण्डौं । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको हो ।

    images

    भरतपुर अस्पतालका अनुसार संक्रमितमध्ये एक जना चितवनका रहेका छन् । भरतपुर महानगरपालिका १४ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । संक्रमित अन्य ६ जना बाहिरी जिल्लाका रहेका छन् । 
    पौडेलका अनुसार नवलपुर वौदीकाली ४ का २० वर्षीय युवक, अर्घाखाँचीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ