सोमबार, जेठ ७ गते २०८१

सबै सरकारि कार्यालयहरू खुल्ने बिहान ८ बजे देखि बेलुकि ६ बजेसम्म सेवा पर्वाहा हुने

सबै सरकारि कार्यालयहरू खुल्ने बिहान ८ बजे देखि बेलुकि ६ बजेसम्म सेवा पर्वाहा हुने

अखबार दैनिक
सोमबार, असार १ २०७७
  • सबै सरकारि कार्यालयहरू खुल्ने बिहान ८ बजे देखि बेलुकि ६ बजेसम्म सेवा पर्वाहा हुने

    १ असार, काठमाडौं । सबै सरकारी कार्यालयहरु आजबाट दुई सिफ्टमा सन्चालन हुँदैछन् । पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म निर्धारण गरिएको छ । दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ जनताको काममा सहजता अपनाउन दुई सिफ्टमा संनचालन गरिएको हो ।

    images

    लकडाउनका कारण ८३ दिनसम्म बन्द रहँदै आएका देशभरका सरकारी कार्यालयहरुलाई सरकारले १ असारदेखि खोल्ने निर्णय यसअघि गरेको थियो । कर्मचारीहरुले भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम गर्न भनेको छ ।

    मन्त्रालयलगायतका केही केन्द्रीय निकायहरुबाट आंशिक रुपमा सेवा प्रवाह हुँदै आए पनि अन्य कार्यालयहरु बन्द रहँदै आएका थिए ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सरकारले बनाएको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी आजबाट सबै सरकारी कार्यालयबाट सेवा सुचारु गर्न लागिएको बताए ।

    स्वास्थ्य मापदण्ड पालना गराउन सम्बन्धित कार्यालय प्रमुखलाई जिम्मेवारी दिइएको छ । सेवाग्राहीको भिडभाड हुने कार्यालयमा टोकन प्रणाली अपनाउन, कार्यालय प्र्रवेश गर्नुअघि नै तापक्रम नाप्ने व्यवस्था गर्न भनिएको छ । साथै स्यानिटाइजर र मास्क लगाउने लगायतका नियम पनि सेवाग्राही र कर्मचारीले पालना गर्नुपर्ने छ ।

    बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा पनि आजबाट सञ्चालन हुँदैछन् । यसरी सञ्चालन हुनेमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र शिक्षण संस्थाका कार्यालयसमेत छन् । यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ ।

    यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउने छ । उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने तथा सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ ।

    तत्कालका लागि मानिसको बढी भिडभाड हुने र सहभागिता बढी हुने पठनपाठन, अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएकाबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन भने बन्द नै हुनेछन् ।

    यसैगरी सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन तथा ब्युटीपार्लर, स्वीमिङ पुल, सपिङ मल, समूहमा खेलिने खेलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल, यात्रुबाहक सवारीसाधन पनि सञ्चालन हुने छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार