शनिबार, चैत २ गते २०८१

ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ

ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ

अखबार दैनिक
आइतबार, फागुन ११ २०८१
  • ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ

    काठमाडौं । काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजबाट ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु हुँदैछ । उद्घाटन खेलअघि आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि एन्फा कम्प्लेक्स पुगेका छन् ।

    images

    प्रधानमन्त्री ओलीको आज ७४ औं जन्मदिन पनि हो । उनले बिहानै सामाजिक सञ्जालबाट अन्य केही कार्यक्रम नराखिएको र एन्फा कम्प्लेक्समै आयोजित कार्यक्रममा शुभकामना साटासाट हुने बताएका थिए । ओलीको जन्मदिन पारेर सुरु गरिएको यस प्रतियोगिताको सुरुवात केक काटेर गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ