शनिबार, चैत २ गते २०८१

गायक कुमा सागरलाई गिज्याउने कमेडियनलाई कार्वाहीको माग गर्दै प्रदर्शन

गायक कुमा सागरलाई गिज्याउने कमेडियनलाई कार्वाहीको माग गर्दै प्रदर्शन

अखबार दैनिक
बिहीबार , फागुन ८ २०८१
  • गायक कुमा सागरलाई गिज्याउने कमेडियनलाई कार्वाहीको माग गर्दै प्रदर्शन

    गायक कुमा सागरलाई गिज्याउनेमाथि कारबाही नभएको भन्दै सम्पदा संरक्षण महाअभियानले बिहीबार प्रदर्शन गरेको छ । भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंस्थित नेवार समुदायका व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।

    images

    फागुन ५ मा उनीहरूले कमेडियन सजन श्रेष्ठ, उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बाविरुद्ध उजुरी दिएका थिए । उजुरीमा नेवारी संस्कृति र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाले कार्वाहीको माग गरिएको थियो ।

    श्रेष्ठले चलाएको पडकास्टमा अतिथि बनेर पुगेका अन्यले गीत गाउँदै गायक सागरलाई कटाक्ष गरेका थिए । अहिले उक्त भिडियो युट्युबबाट हटाइएको छ भने सजनले माफी समेत मागेका छन् ।

    यस्तोमा, निवेदन दिएको ४८ घण्टा बितिसक्दा पनि कार्वाही नगरेको भन्दै प्रदर्शन गरिएको हो । ‘हाम्रो मातृभाषाको लवजलाई अश्लील तथा हेय भावले प्रस्तुत गर्दै सामाजिक सद्भावमा खलल पुर्‍याउनेहरूलाई अहिलेसम्म पक्राउ नगरेको हुँदा पक्राउ गराउनको लागि दबाब दिएका हौँ,’ प्रदर्शनमा सहभागी एकले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ