बिहीबार , असोज ३ गते २०८१

नेपाल विज्ञापन संघले मनायो ३०औं वार्षिकोत्सव

नेपाल विज्ञापन संघले मनायो ३०औं वार्षिकोत्सव

अखबार दैनिक
शुक्रबार, जेठ ३० २०७७
  • नेपाल विज्ञापन संघले मनायो ३०औं वार्षिकोत्सव

    ३० जेठ, काठमाण्डौं । नेपाल विज्ञापनसंघले आफ्नो ३०औं बार्षिकोत्सव रक्त्तदान कार्यक्रम सहित मनाएको छ ।

    images


    नेपाल मेडिसिटी हस्पिटलको सहकार्यमा , विज्ञापनसंघको भातृ संगठन एंड क्लब समेतको उपस्थितिमा संघको कार्यालय, शान्तिनगरमा रक्त्तदान कार्यक्रम सहित वार्षिकोत्सव कार्यक्रम मनाएको हो ।

    FA81A2B6-238C-46D7-9FD0-E8FE5879D8CD.jpeg
    कार्यक्रममा प्रमुख अतिथि वडा नं ३१ का वडा अध्यक्ष नारायण भण्डारी थिए भने संघका अध्यक्ष रबिन्द्र कुमार रिजालले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण भण्डारीले कोभिड-१९ कोरोना भाईरसको अप्ठ्यारो परिस्थिमा पनि नेपाल बिज्ञापन संघले सामाजीक दुरि कायम गरि आफ्नो वार्षिकोत्सवमा रक्त्तदान जस्तो महत्वपूर्ण काम गरेकोमा संघलाई बधाई दिनुभयो ।

    729BF7F7-8A0A-454A-8578-336739DCADAF.jpeg
    संघमा नेपाल विज्ञापन संघका आबद्द विज्ञापन व्यवसायीहरूको उल्लेख्य उपस्थिति थियो भने कार्यक्रमको संयोजन संघका कोषाध्यक्ष पिताम्बर पोखरेल ( विजय ) ले गर्नु भएको थियो ।

    7B3964A1-25D0-4643-AA2B-F398CB0C8493.jpeg
    नेपाल विज्ञापन संघका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष रबिन्द्र कुमार रिजाल ( शसि ) ले नेपाल विज्ञापन संघ जुन कुनै परिस्थितिमा पनि संघको हितको लागि सबै हिसाबले काम गर्न पुर्ण र सक्षम रहेको बताउदै देश कोरोनामय हुंदा हाम्रो संघको वार्षिकोत्सव कार्क्रममा रक्तदान गर्न उपयुक्त ठानि कार्यकर्म गरिएको बताउदै अप्ठेरो परिस्थिति मा पनि सहयोग र उपस्थित भई रक्त्तदान दिनु हुने सबैलाई धन्यबाद दिनु भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ