बिहीबार , असोज ३ गते २०८१

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण, मणिपाल अस्पतालको न्युरो आईसीयू वार्ड बन्द गरिने

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण, मणिपाल अस्पतालको न्युरो आईसीयू वार्ड बन्द गरिने

अखबार दैनिक
शुक्रबार, जेठ ३० २०७७
  • गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण, मणिपाल अस्पतालको न्युरो आईसीयू वार्ड बन्द गरिने


    गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका चार जिल्ला स्याङजामा २२ जना, पर्वतमा १३ जना, तनहुँ र नवलपुरमा एक एक जनामा संक्रमण देखिएको हो । यो सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या १ सय ८८ पुगेको छ । ति मध्ये १ जनाको मृत्यु भएको छ भने ११ जनालाई निको भएको छ ।
    गण्डकी प्रदेशमा स्याङजामा ६० जना, बागलुङ जिल्लामा ४० जना, नवलपुरमा ३८ जना, गोरखामा १५ जना, पर्वतमा २२ जना, कास्कीमा ५ जना, तनहुँमा चार जना, म्यादीमा तीन जना र लमजुङमा एक जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ एउटा पनि संक्रमित व्यक्ति देखिएका छैनन् ।
    यसै बिच मणिपाल अस्पतालमा उपचाररत पर्वत कुस्मा नगरपालिकाका ३५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि अस्पतालको न्युरो आईसीयू वार्ड बन्द हुने भएको छ । शुक्रबार अस्पतालको उक्त वार्डमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको थियो । पर्वतका ३५ वर्षीय ती पुरुष जेठ २२ गते सडक दुर्घटनामा परेका थिए । उनलाई उपचारको लागि मनिपाल ल्याइएको थियो । २५ गते उनको स्वाब लिइएको र शुक्रवार पोजेटिभ आएको अस्पताल स्रोतले जानकारी दियो ।
    अस्पतालमा कार्यरत १२ नर्स, डाक्टरसहित २०÷२२ जना अस्पतालकै क्वारेन्टिनमा बस्ने भएका छन् । उनीहरुको पनि स्वाब संकलन गरिने भएको छ । संक्रमण भेटिएका बिरामीको वार्डमा सँगै रहेका अन्य चार बिरामीको पनि स्वाब लिइने अस्पतालले जनाएको छ ।

    images

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ