आइतबार, जेठ ६ गते २०८१

रुकुम पश्चिममा ६ जना युवकको हत्याको घटनाको छानबिन गर्न संसद देवेन्द्र पौडेलको संयोजकमा बनेको संसदीय विशेष समितिले काम सुरु गर्यो

रुकुम पश्चिममा ६ जना युवकको हत्याको घटनाको छानबिन गर्न संसद देवेन्द्र पौडेलको संयोजकमा बनेको संसदीय विशेष समितिले काम सुरु गर्यो

अखबार दैनिक
बिहीबार , जेठ २९ २०७७
  • रुकुम पश्चिममा ६ जना युवकको हत्याको घटनाको छानबिन गर्न संसद देवेन्द्र पौडेलको संयोजकमा बनेको  संसदीय विशेष समितिले काम सुरु गर्यो

    २९ जेठ, काठमाडौं । रुकुम पश्चिममा ६ जना युवकको हत्याको घटनाको छानबिन गर्न संसद देवेन्द्र पौडेलको संयोजकमा बनेको  संसदीय विशेष समितिले काम सुरु गरेको छ ।

    images

    समितिका सदस्यहरुसहित बिहीबार सिंहदरबारस्थित कार्यलयमै पुगेर सभामुख अग्निप्रसाद सापकोटालाई भेटी प्रारम्भिक छलफल सुरु गरिएको संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले जानाकारि दिनुभयो ।

    अनौपचारिक  रुपम पहिले कुरा गरे पनि आजबाट औपचारिक रुपमा प्रारम्भिक छलफल सुरु गरेका छौं  पौडेलले भन्नु भयो ।

    सांसद पौडेलले अब कार्यविधि बनाएर अगाडि बढ्ने बताए । कार्यविधि र कर्मचारी व्यवस्थापनलगायतका विषयमा समितिले बिहीबार सभामुख सापकोटासँग छलफल गरेको हो ।

    समितिलाई आफैं कार्यविधि बनाएर लागू गर्ने अधिकार दिइएको छ ।

    प्रतिनिधि सभाको जेठ २६ गतेको बैठकमा समिति गठनको औपचारिक जानकारी दिइएको थियो । समितिलाई एक महिनाको समय दिइएको छ ।

    समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विसुंखे, प्रकाश रसाइली (स्नेही), बिमला बिक., महेश्वरजंग गहतराज (अथक), मीनबहादुर विश्वकर्मा, र रामसहायप्रसाद यादव सदस्य छन् ।

    अब असार लागेपछि  घटना स्थल जाने र घटना सम्बन्धि सत्यतथ्य बुझ्ने समिति संयोजक पौडेलले बताउनु भयो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार