बिहीबार , असोज ३ गते २०८१

रोल्पामा थपिए १४ जनामा कोरोना संक्रमित संक्रमितको संख्या १७

रोल्पामा थपिए १४ जनामा कोरोना संक्रमित संक्रमितको संख्या १७

अखबार दैनिक
बिहीबार , जेठ २९ २०७७
  • रोल्पामा थपिए १४ जनामा कोरोना संक्रमित संक्रमितको संख्या १७

    २९ जेठ, काठमाडौं । रोल्पामा थपिए १४ जनामा कोरोना संक्रमित पुष्टि ।

    images

    रोल्पा अस्पतालका डा. अनिल केसीका अनुसार बिहीबार एक जना महिलासहित १४ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार संक्रमित सबै जना सुनिलस्मृति गाउँपालिकाका बासिन्दा हुन् । यससँगै रोल्पामा संक्रमितको संख्या १७ पुगेको छ ।

    डा. केसीका अनुसार संक्रमित हुनेमा सुनिलस्मृति गाउँपालिका–४ का १०, वडा नम्बर ८ का ३ र वडा नम्बर ७ का एक जना छन् ।

    संक्रमित पुष्टि भएका सबै जना भारतबाट आई विभिन्न विद्यालयको क्वारेन्टिनमा बस्दै आएकाहरु रहेको उनले बताए । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसन सेन्टरमा ल्याउने तयारी भइरहेको उनले बताए । अस्पतालको एउटामात्र एम्बुलेन्स रहेका कारण उहाँहरुलाई एकै पटक ल्याउन समस्या रहेको उनको भनाइ छ ।

    यसअघि जेठ २५ गते सोही गाउँपालिका वडा नम्बर ५ र ६ स्थित विद्यालयको क्वारेन्टिनमा बस्दै आएका तीन जना पुरुषमा संक्रमण पुष्टि भएको थियो । तीनै जनालाई संक्रमण पुष्टि भएको चार दिनपछि बिहीबार मात्रै उपचारका लागि आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ