शुक्रबार, असोज ४ गते २०८१

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि योसंगै प्रदेशमा संक्रमितको संख्या १४४ पुगेको छ

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि योसंगै प्रदेशमा संक्रमितको संख्या १४४ पुगेको छ

अखबार दैनिक
मंगलबार, जेठ २७ २०७७
  • गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि योसंगै प्रदेशमा संक्रमितको संख्या १४४ पुगेको छ

    २७ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४४ पुगेको छ ।

    images

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका जानाकारी दिनुभयो ।

    स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १२ संक्रमितहरु फेला परेका हुन् । उनीहरु ४० देखि १८ वर्ष उमेर समूहका छन् । संक्रमितहरु सबै पुरुष हुन् ।

    यस्तै बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

    म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ