मंगलबार, असोज २९ गते २०८२

तोलाको २२ सयले बढ्यो सुन

तोलाको २२ सयले बढ्यो सुन

अखबार दैनिक
बुधबार, माघ २३ २०८१
  • तोलाको २२ सयले बढ्यो सुन

    काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला २२ सय रुपैयाँले बढेको छ। मंगलबार १९ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार २२ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुन एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै बुधबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ