आइतबार, कात्तिक २५ गते २०८१

गण्डकी प्रदेश विज्ञान तथा प्रविध प्रतिष्ठान सम्वन्धी बनेको विधेयक पारित

गण्डकी प्रदेश विज्ञान तथा प्रविध प्रतिष्ठान सम्वन्धी बनेको विधेयक पारित

अखबार दैनिक
सोमबार, जेठ २६ २०७७
  • गण्डकी प्रदेश विज्ञान तथा प्रविध प्रतिष्ठान सम्वन्धी बनेको विधेयक पारित

    पोखरा

    images


    गण्डकी प्रदेश विज्ञान तथा प्रविध प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । सोमबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सभामा पारित गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
    विधायन समितिबाट संशोधन र प्रतिवेदन सहित प्रस्तुत भएपछि उक्त विधेयकमाथि बैठकमा छलफल समेत भएको थियो । छलफलमा उठेका विषयमा उत्तर दिँदै मन्त्री विकास लम्सालले नेपाल सरकारको राष्ट्रिय आकांक्षा “समृद्ध नेपाल, सुखी नेपाली” लाई सार्थक रुप दिन उक्त विधेयक आवश्यक रहेको बताउनुभयो । विकास र प्रविधिको कारणले नै मूलुक विकासोन्मुख तर्फ गएको बताउँदै नेपालमा पलायन भएको बौद्धिक व्यक्तित्वलाई सक्रिय बनाउन यस विधेयक आवश्यक रहेको बताउदै आजको यूग विज्ञान र प्रविधिको युग भएकाले विज्ञान र प्रविधिको अधिकतम उपयोग बिना अबको विकास सम्भव नरहेको बताउनुभयो ।
    विज्ञानले प्रविधिलाई जन्म दिन्छ र प्रविधिको प्रयोगबाट मानवीय क्रियाकलापलाई सहज र भरपर्दो बनाउन मद्दत पुग्छ,उहाँले भन्नुभयो, विज्ञान र प्रविधिको विकासबाट नै आज विश्वमा मानव सभ्यताका लागी अत्यावश्यक वस्तु र सेवाको क्षेत्रमा चामत्कारिक एवं युगान्तकारी परिवर्तन आएको छ ।
    जेठ ११ गतेबाट सुरु भएको गण्डकी प्रदेशको वर्षे अधिवेशनले २ वटा विधेयक पारित गरेको छ । भने गण्डकी प्रदेशको अर्कौ बैठक आगामी असार १ गते दिनको ४ बजे बस्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार