सोमबार, माघ २१ गते २०८१

६० घण्टाभित्रै चोरी भयो ‘कसैले चोरी गर्न नसक्ने’ दाबी गरिएको कार

६० घण्टाभित्रै चोरी भयो ‘कसैले चोरी गर्न नसक्ने’ दाबी गरिएको कार

अखबार दैनिक
सोमबार, माघ २१ २०८१
  • ६० घण्टाभित्रै चोरी भयो ‘कसैले चोरी गर्न नसक्ने’ दाबी गरिएको कार

    एजेन्सी । बेलायतमा ‘कसैले चोरी गर्न नसक्ने’ दाबी गर्दै बिक्री गरिएको एक लक्जरी एसयूभी बिक्री भएको ६० घण्टाभित्र नै चोरी भएको छ । वार्क विकसायरका ४५ वर्षीय जोनले गत डिसेम्बर १४ मा कोभेन्ट्रीको डिलरसिपबाट २ लाख २७ हजार डलर (करिब ३ करोड १८ लाख रुपैयाँ) मा रेन्ज रोभरको एसभी संस्करण किनेका थिए ।

    images

    यो लक्जरी एसयूभी बेलायतमा ५५० वटा युनिटमात्र रिलिज गरिएको छ । यसमा १० हजार पाउण्ड पर्ने ग्राफाइट चक्का, आरमदायी उच्च प्रविधियुक्त इन्टेरियरजस्ता अत्याधुनिक सुविधाहरू रहेका छन् ।

    जोनलाई यस्तो कार किन्दा धेरैको आँखा खिच्ने डर थियो किनभने पछिल्लो समय त्यहाँ महँगा गाडी चोरीका घटनाहरूमा वृद्धि भइरहेको छ । तर, डिलरले उक्त कारमा ‘जागुअर ल्याण्ड रोभर (जेएलआर)’ सुरक्षा व्यवस्था रहेको र यसलाई कसैले पनि चोर्न नसक्ने दाबी गरेका थिए । तर, गाडी किनेको ६० घण्टाभन्दा कम समयमा उनको घर अगाडिबाटै सो गाडी चोरी भएको थियो ।

    ‘यति धेरै पैसा हालेर किनेको कारलाई डिलरका स्टाफहरूले सुरक्षित र चोर्न नसक्ने बताएपछि म ढुक्क थिएँ,’ जोनले पत्रकारहरूसँग भने, ‘मैले गाडीलाई स्टार्ट गर्न पासवर्ड चाहिने घोस्ट इमोबिलाइजर सिस्टम राखिदिन उनीहरूलाई आग्रह पनि गरेको थिएँ । तर, कार चोरी नै हुन नसक्ने दाबी गर्दै यो आवश्यक नभएको बताएका थिए ।

    चोरहरूले सिसा नै नफुटाई कसरी गाडी चोर्न सफल भए भन्ने कुराले सबैलाई आश्चर्यचकित बनाएको छ । जोनले कम्पनीलाई उनीहरूको सुरक्षा प्रणालीको असफलताबारे उजुरी गरिसकेका छन् । तर, कम्पनीका एक प्रवक्ताले भने उनको उजुरीबारे केही नहुने र कार चोरीको जोखिम त्यसको मालिकमा निहित हुने स्पष्ट पारेका छन् ।  -अडिटी सेन्ट्रल 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ