मंगलबार, जेठ ८ गते २०८१

सरकार एक पछि अर्को गल्ती दोहोर्याउदै , कोरोना संक्रमितलाई चेकजाँच नगरी घर पठाउंदै

सरकार एक पछि अर्को गल्ती दोहोर्याउदै , कोरोना संक्रमितलाई चेकजाँच नगरी घर पठाउंदै

अखबार दैनिक
सोमबार, जेठ २६ २०७७
  • सरकार एक पछि अर्को  गल्ती दोहोर्याउदै , कोरोना संक्रमितलाई  चेकजाँच नगरी घर पठाउंदै

    २६ जेठ, बुटवल । कोभिड-१९ कोरोना भाईरसको संख्या दिनानुदिन बढ्दो छ।सरकार भने एक पछि अर्को गल्ति दोहोर्याउदै कोरोना संक्रमितलाई चेकजाँच नै नगरी घर फर्काउदैं ।

    images

    दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका १० जना आइतबार डिस्चार्ज भएका छन । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका बाँकेका पाँच, दाङका दुई, कपिलवस्तुका दुई र बर्दियाका एकजना गरी १० जना सबै घर फर्किसकेका छन ।

    १४ दिन आइसोलेसनमा बसेका उनीहरुमध्ये ५ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर बाँकी ५ पाँच जनाको परीक्षण नै गरिएको थिएन लक्षण नभएका कारण डिस्चार्ज गरिएको हो । अर्थात उनीहरु घर जाँदा संक्रमित नै छन् कि निको भइसके भन्ने जाँच नै गरिएन र घर फर्काईए यसरि सराबरि गरि कोभिड टेस्ट नै नगरि फर्काउदा कोरोना छ या छैन कसरि पत्ता पाउने जनताले वा सरकारको गैरजीम्मेवार तरीका हो यो देशेभरी समस्या उत्पन्न भैरहेको यस्तो अबस्थामा सरकारको हर्कतले जनतामा नराम्रो असर परिरहेको प्रष्ट हुन्छ ।

    यसअघि शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जनालाई पनि पीसीआर विधिबाट परीक्षण नै नगरी डिस्चार्ज गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार