बिहीबार , असोज ३ गते २०८१

गोर्खाको धार्चे, चुमनुब्रि र बुढी गण्डकी करिडोरका चेपाङ बस्तिमा भएका भोकमरिलाई तुरन्त सम्बोधन गर - प्रदेश सांसद धनमाया लामा

गोर्खाको धार्चे, चुमनुब्रि र बुढी गण्डकी करिडोरका चेपाङ बस्तिमा भएका भोकमरिलाई तुरन्त सम्बोधन गर - प्रदेश सांसद धनमाया लामा

अखबार दैनिक
आइतबार, जेठ २५ २०७७
  • गोर्खाको धार्चे, चुमनुब्रि र बुढी गण्डकी करिडोरका चेपाङ बस्तिमा भएका भोकमरिलाई तुरन्त सम्बोधन गर - प्रदेश सांसद धनमाया लामा

     

    images

    २५ जेठ, पोखरा । गण्डकी प्रदेशको प्रदेश सांसद धनमाया लामाले गोर्खाको धार्चे, चुमनुब्रि र बुढी गण्डकी करिडोरका चेपाङ बस्तिमा भएका भोकमरीलाई तुरन्त सम्बोधन गर्न माग गरेकी छन ।

      गण्डकी प्रदेशको आज बसेको प्रदेश सभामा बिशेष समयमा बोल्दै लामाले गोर्खामा आज मात्रै कोरोना संक्रमित पुष्टि भएकाहरूलाई उचित व्यबस्थापन र contact tracing तुरन्त गर्नु पर्ने माग राखेकी छन ।

    समाजवादी पार्टीकी प्रदेश सांसद रहेकी लामाले प्रदेश सरकारले अहिले सम्म जे गरेको छ त्यो सराहनीय नै छ तर त्यसमा अझ अपुग भएको भन्दै सरकारले जनगुनासो बमोजिम पैदा भएका समस्यलाई सहजिकरण गर्नु पर्ने र कोभिड १९ कोरोना भाईरसले पैदा गरेको यस बिषम परिस्थितिलाई हरेक कोणबाट हल गरिनु पर्ने दायित्व सरकाले लिन जरूरी रहेको र प्रदेश सरकारले जनताले अनुभूति गर्न सक्ने गरि काम गर्नु पर्ने आवश्यकता औंल्याउनु भयो ।

    यसैगररी हिजो मात्र बैदेशीक रोजगारबाट फर्केका गोर्खाका युवाहरूलाई सुरक्षित क्वारेन्टिनमा राखि उनिहरूको pcr Check गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

    त्यस्तै सांसद लामाले तरकारी खेतीमा आश्रित कीसानलाई बजार व्यबस्थापन गरि कृषि क्षेत्रमा राहात र अनुदानको बिशेष व्यबस्था गरिनु पर्ने भन्दै कृषि मन्त्रिलाई ध्यानाकर्षण गराउन चाहान्छु भनि कृषि मन्त्रिलाई ध्यानाकर्षण समेत गराउनु भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ