बिहीबार , असोज ३ गते २०८१

समाजवादी पार्टीमा पहिलो वरियताको अध्यक्षमा डा. बाबुराम भट्टराई चयन जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने टुंगो

समाजवादी पार्टीमा पहिलो वरियताको अध्यक्षमा डा. बाबुराम भट्टराई चयन जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने टुंगो

अखबार दैनिक
आइतबार, जेठ २५ २०७७
  • समाजवादी पार्टीमा पहिलो वरियताको अध्यक्षमा डा. बाबुराम भट्टराई चयन जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने टुंगो

    २५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने टुंगो लागेको छ भने पार्टीमा पहिलो वरियताको अध्यक्षमा डा. बाबुराम भट्टराई चयन भएका छन । भट्टराईले पार्टीमा पहिलो वरियतासहित संघीय षरिषदको नेतृत्व गर्ने भएका छन  ।

    images

    जसमा तीन जना अध्यक्ष रहने छन् ।डा. बाबुराम भट्टराई,महन्थ ठाकुर, उपेन्द्र यादव क्रमश: अध्यक्ष रहने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

    समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुबीच शनिबार अबेलासम्म र आइतबार बिहानदेखि भएको छलफलले यस्तो निर्णय गरेको हो । पार्टीको दोस्रो र तेस्रो वरियतासहित केन्द्रीय समितिको नेतृत्व क्रमशः महन्त ठाकुर र उपेन्द्र यादवले गर्नेछन् यस्तै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन् । बाँकी सबैको नाम मात्रै पठाइने भएको छ ।

    जसपा नेताहरू दल दर्ताका लागि आजै निर्वाचन आयोग जाँदैछन् । १० बैशाखमा समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको एकीकरण सहमतिअनुसार आयोगमा निवेदन दर्ता गर्न जान लागेको समाजवादी पार्टीका एक नेताले जानकारी दिए ।

    राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । जसपाले सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ