शुक्रबार, असोज ४ गते २०८१

लकडाउन खुकुलो पार्ने प्रस्ताव अन्योलमा , सरकार कोरोना रोकथाम गर्न असक्षम देखिदै

लकडाउन खुकुलो पार्ने प्रस्ताव अन्योलमा , सरकार कोरोना रोकथाम गर्न असक्षम देखिदै

अखबार दैनिक
आइतबार, जेठ २५ २०७७
  • लकडाउन खुकुलो पार्ने प्रस्ताव अन्योलमा , सरकार कोरोना रोकथाम  गर्न असक्षम देखिदै

    २५ जेठ, काठमाडौं । करिव तीन महिना लामो लकडाउन खुकुलो बनाउने गरी प्रस्ताव तयार पारेको थियो तर यतिखेर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समितिको यो प्रश्ताब नै अन्योलमा परेको छ 

    images

    उच्चस्तरीय समितिको शनिबार बसेको बैठकमा संयोजक ईश्वर पोखरेलले सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ देखि लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका छन् । त्यस्ता जिल्लामा पसलहरु खोल्ने, सैलुन खोल्ने, आधा यात्रु राखेर छोटा दुरीका सवारी चलाउने उनको प्रस्तावमा छ  ।

    असार १ बाट अधिकांश व्यवसाय, अन्तरिक हवाई उडान, धार्मिकस्थल, सपिङ मल र आधा यात्रु राखेर लामो दुरीका सवारी साधन चलाउने पोखरेलको प्रस्ताव छ । असार १७ गतेपछि लकडाउन थप खुकुलो बनाउने र शैक्षिक संस्थाहरुसमेत खोल्ने पोखरेलको प्रस्तावमा उल्लेख छ ।

    पोखरेलको प्रस्तावबारे छलफल भए पनि शनिबार कुनै निर्णय हुन सकेन । समितिमा एक सदस्यका अनुसार उच्चस्तरीय समितिमा ‘गोप्य’ भन्दै मन्त्रीहरुलाई दिइएको योजनाबारे सदस्यहरुले मौखिक सुझाव दिएका छन् । र, भोलिसम्म लिखितरुपमा सुझाव दिन भनिएको छ ।

    गत साता लकडाउन थप गर्न बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा उच्चस्तरीय समितिलाई लिएको थियो । तर, जेठ ३२ सम्म तोकिएको लकडाउन सिद्धिन लाग्दा पनि समितिले मोडालिटीलाई अन्तिम रुप दिन सकेको छैन ।

    सरकारले लकडाउनको मोडालिटी तयार पार्न नसकिरहेका बेला एकातर्फ पसल/व्यवसायहरु खुल्न थालेका छन् भने अर्कातिर कोरोना संक्रमण ह्वात्तै बढिरहेको छ । शनिबार एकैदिन ३२३ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ३२ सय नाघेको छ भने मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

    यस्तो नैतिक संकटको द्वारमा सरकार छ भने चौतर्फि रूपमा कोरोना महामारीको रोकथाम एवं लकडाउनको व्यवस्थापनमा सरकारी संयन्त्रहरु निस्प्रभावी भएको जनगुनासो आईरहेको छ अन्य राष्ट्रहरू जनताको लागि के गर्दा हुन्छ भनेर जनताको आर्थिक मारलाई छुट दिई रहेका छन तर नेपालमा उल्टो कर बिबाद, हवाई भाड़ा बिबाद जस्ता समस्याहरूले सरकारको नियतमाथि नै शंका उब्जिन थालेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ