शुक्रबार, असोज ४ गते २०८१

ह्वात्त्तै बठ्यो गण्डकीमा कोरोना संक्रमितको संख्या

ह्वात्त्तै बठ्यो गण्डकीमा कोरोना संक्रमितको संख्या

अखबार दैनिक
आइतबार, जेठ २५ २०७७
  • ह्वात्त्तै बठ्यो गण्डकीमा कोरोना संक्रमितको संख्या

    २५ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ नयाँ ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    images

    स्याङजामा १४ जना पुरूष, बाग्लुङमा १० जना पुरूष, गोरखामा १० जना पुरूष, नवलपरासी बर्दघाट सुस्ता पुर्व ४ जना पुरुष सहित ३८ जनामा कोरोना भाईरस पुष्टि भएको गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्मा ले जानाकारि गराएका हुन । 

    नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभको संख्या १ सय १३ पुगेको छ । त्यसमध्ये बागलुङका २ र लमजुङका १ जना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस देखिएको छ ।

    B28C3FC2-859C-49F4-9564-77DB525FF5AF.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ