शुक्रबार, असोज ४ गते २०८१

गोरखामा एकै दिन १० जना कोरोना संक्रमित भेटिए

गोरखामा एकै दिन १० जना कोरोना संक्रमित भेटिए

अखबार दैनिक
आइतबार, जेठ २५ २०७७
  • गोरखामा एकै दिन १० जना कोरोना संक्रमित भेटिए

    २५ जेठ, गोरखा । गोरखामा एकै दिन १० जनामा कोरोना संक्रमण भेटिएको छ ।

    images

    एकै दिन १० जनामा कोरोना संक्रमित फेला परेका छन् । गोरखाको गण्डकी गण्डकी गाँउपालिकाका  २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    संक्रमित हुनेमा गणडकी गाँपालिकाको भिमोदय आधारभुत बिध्यालय र रत्नेश्वर माबि दर्वुङको क्वारेन्टिनमा रहेको ४/४ जना र ज्ञानमार्ग माविको क्वारेन्टिनमा रहेको १ जनामा पोजेटिभ देखिएको हो 

    गोरखा जिल्लाकै पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमासमेत कोरोना भाइरस पुष्टि भएको कुरा सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले जानाकारी दिएका हुन । 

    योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभको संख्या १ सय १३ पुगेको छ । त्यसमध्ये बागलुङका २ र लमजुङका १ जना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ