काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार मंगलबार भने दोहोरो अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार २४.५० अंकले बढेर २६५७.७७ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
मंगलबार ९ अर्ब ४० करोड २६ लाख रुपैयाँको कारोबार भएको बजारमा १७७ कम्पनीको सेयर मूल्य बढेको छ। ६० कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य परिवर्तन भएको छैन।