जेठ २४ , काठमाडौं । डोल्पामा होम क्वारेन्टाइनमा बसेका पुरूषको मृत्यु कोरोनाले भन्ने पुष्टि भएको छ ।मृत्यु हुने जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षिय पुरुषमा कोरोनाका कारण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना पुष्टि भएका ती ५८ वर्षिय पुरुषको जेठ २१ गते मृत्यु भएको थियाे । होम क्वारेन्टाइनमा बसेका बेला सास फेर्न गाह्रो भएर मृत्यु भएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।