आइतबार, मंसिर ९ गते २०८१

गण्डकी प्रदेशमा नयाँ १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि यो संगै संक्रमणको संख्या ७५ पुग्यो

गण्डकी प्रदेशमा नयाँ १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि यो संगै संक्रमणको संख्या ७५ पुग्यो

अखबार दैनिक
शनिबार, जेठ २४ २०७७
  • गण्डकी प्रदेशमा नयाँ १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि यो संगै संक्रमणको संख्या  ७५ पुग्यो

    २४ जेठ, पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    कोरोना पुष्टि भएका वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुष हुन ।

    कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष र पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुष कोरोना पुष्टि भएका छन् ।

    यसैगरी नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।बाग्लुङको ताराखोला गाउँपालिकामा ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।

    कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेकोे डा. विनोद विन्दु शर्माले जानाकारी गराए 

    6E90926E-DCF0-4195-A6B5-D2D8985A011A.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ