शुक्रबार, असोज ४ गते २०८१

स्रष्टा घिमिरेको दोस्रो कृति वंशावली (अनुसन्धानात्मक कृति) सार्वजनिक

स्रष्टा घिमिरेको दोस्रो कृति वंशावली (अनुसन्धानात्मक कृति) सार्वजनिक

अखबार दैनिक
शुक्रबार, जेठ २३ २०७७
  • स्रष्टा घिमिरेको दोस्रो कृति वंशावली (अनुसन्धानात्मक कृति) सार्वजनिक
    २३ जेठ २०७७, काठमाडौँ । घिमिरे वन्धुहरूको वंशावली ‘घिमिरे वंशावली’ सार्वजनिक भएको छ । उक्त वंशावली कवि तथा अन्वेषक रञ्जन घिमिरेले खोज–अनुसन्धान तयार पारेका हुन् । यसअगि ‘मूच्र्छित स्वरहरु’ नामक कविताकृति बजारमा ल्याइसकेका घिमिरेको यो दोस्रो कृति हो । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा भएका बखत पनि स्रष्टा घिमिरेले आफ्ना पुर्खा र पुख्र्यौली थातथलोको निम्ति केही गरौँ भन्ने भावनाले धेरै अगिदेखि थालेको कामलाई पूर्णता दिएको बताए । घिमिरेका कीर्तिशेष पिता समाजसेवी होमनाथ घिमिरेको दोस्रो स्मृति दिवसका अवसर पारेर प्रकाशनमा ल्याएको उक्त वंशावली लकडाउनका कारण कार्यक्रम र जमघट गर्न सक्ने अवस्था नभएपछि पारिवारिक जमघटका बिच कृतिकी प्रकाशक तथा माता वेदकुमारी घिमिरेबाट सार्वजनिक गरिएको थियो । ‘यो वंशावली आफ्ना पितापुर्खाप्रतिको सम्मान हो, त्यही कर्म मैले गरेँ, त्यसमाथि पनि आफ्नै आमाबाट कृति सार्वजनिक हुनु मेरा लागि ठुलै सौभाग्य हो’ घिमिरेले बताए । उक्त वंशावलीको अग्रभागमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरेको शुभकामना मन्तव्य रहेको छ भने पछिल्लो भागलाई सैद्धान्तिक खण्ड र वंशावली खण्ड गरी विभक्त गरिएको छ । सैद्धान्तिक खण्डमा वंशावलीको सम्बन्धमा चर्चा गरिएको छ । घिमिरेहरुको गोत्र, प्रवर कुलायन परम्पराका विषयमा उल्लेख गरिएको छ । यसैगरी मस्टो देवताका सम्बन्धमा खोजमुलक आलेख राखिएको छ । घिमिरेका थरका सम्बन्धमा गरिएको खोज समावेश गरिएको छ । यसैगरी गोरखाको मकैसिङमा घिमिरेहरु कसरी आए, मकैसिङमा आएका घिमिरेहरुले समाजमा के कस्ता योगदान पु¥याए, उनीहरूको कुलायन पूजा के कसरी हुने गरेको छ ? दगायत मकैसिङबाट छुट्टिएर आरुपोखरी गएका घिमिरेहरुको समेत खोजपूर्ण विश्लेषण गरिएको छ । वंशावली खण्डमा घिमिरेहरुको मूल पुर्खाहरुको वंशको विवरण दिइएको छ भने मकैसिङमा लमजुङबाट आएका घिमिरेहरुको पुस्तौली र पितापुर्खाको उल्लेख गरी त्यसपछिका घिमिरेहरुको पितापुर्खाको विवरण राखिएको छ । उक्त वंशावलीमा अन्वेषक घिमिरेले परम्परागत वंशावली लेखन र प्रकाशनको पद्धतिलाई मात्रै नअँगालिई मातृशक्तिको महत्तालाई बोध गरी उनीहरूलाई समेत सम्मान गर्दै छोरी–बुहारीलाई समेत वंशावलीमा समेटेका छन् । ‘वंशावली भन्नेबित्तिकै हाम्रो समाजले पुरुषको मात्रै आधिपत्य रहेको र उनीहरूकै अर्को पुरुष सन्तानको पुस्तान्तरण ठान्ने गरेको महसुस भइरहेको सन्दर्भमा केही वंशावली लेखन र प्रकाशन गर्ने संस्था तथा अनुसन्धानकर्ताले महिलालाई पनि पुरुषसरहकै स्थान दिन थालेको सन्दर्भमा मैले यस वंशावलीमा बुहारीहरूको पूर्व थर र छोरी विवाहित छोरीचेलीहरूको हकमा पनि यथासम्भव बिहेपछिको थर उल्लेख गरी समावेश गर्ने प्रयास गरेको छु ।’

    InShot_20200605_190123587.jpg


    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ