काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रूपैयाँले बढेर १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।