सोमबार, असोज १९ गते २०८३

आज नेपाल र अष्ट्रेलिया भिड्दै

आज नेपाल र अष्ट्रेलिया भिड्दै

अखबार दैनिक
बुधबार, माघ ९ २०८१
  • आज नेपाल र अष्ट्रेलिया भिड्दै

    आइसीसी महिला यू–१९ टी–२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै छ। मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजेदेखि खेल सुरू हुनेछ।

    नेपालको महिला टोलीले कुनै पनि फर्म्याट वा उमेर समूहमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो। नेपालले यसअधि लगातार दोस्रो हार बेहोरेको छ। सोमबार भएको खेलमा नेपाल स्कटल्यान्ड सँग एक विकेटले पराजित भयो। नेपाललाई सुपर सिक्स पुग्न आजको खेल जित्नै पर्ने हुन्छ। तर अस्ट्रेलिया जस्तो बलियो टोलीलाई हराउन नेपाललाई सजिलो भने पक्कै हुने छैन।

    यसअघिको खेलमा अस्ट्रेलियासँग हारेको स्कटल्यान्डले भने यो जीत सँगै प्रतियोगितामा पुनरागमन गरेको छ। ​ समुह डीमा अस्ट्रेलिया दुइ खेलबाट चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। दुई अंकका साथ बंगलादेश दोस्रो र समान अंक बनाएको स्कटल्यान्ड तेस्रो स्थानमा छ। अंकविहिन नेपाल चौथो स्थानमा छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार