शनिबार, मंसिर ८ गते २०८१

स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको तयारी

स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको तयारी

अखबार दैनिक
बिहीबार , जेठ २२ २०७७
  • स्वास्थ्य संकटकाल  (हेल्थ इमर्जेन्सी) घोषणाको तयारी

    २२ जेठ, काठमाडौं । कोभिड १९ को दिनानुदिन बढ्दो क्रम घटेको छैन  यो संगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।

    images

    बुधबार मात्रा मन्त्रालयमा बसेको बैठकले दुई हजारभन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने  निर्णय गरेको हो ।

    संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।

    यही दफाअनुसार हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्ताव गरेको मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको प्रमुख डा. गुणराज लोहनीले बताएका हुन । उनले भने, ‘हेल्थ इमर्जेन्सीको मापदण्ड मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि जारी गर्छौं ।’

    संक्रमणको दर बढ्दै जाँदा अस्पतालको बेड, क्वारेन्टिनको क्षमता, लजिस्टिक र जनशक्ति नपुग्ने भएकाले मन्त्रालय संकटकाल लगाउने निर्णयमा पुगेको हो । ‘संक्रमणको रफ्तार बढ्दै गएपछि पहिलेभन्दा बढी सचेत हुनुपर्छ, सोही कारण यो निर्णय गरिएको हो’ डा. लोहनीले  भने।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ