काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजार ६.७८ अंकले बढेर २६०७.९९ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार बढेसंगै कारोबार रकम पनि बढेको छ ।
६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको बजारमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ। ११७ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।