२१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जानाकारी गराएको छ योसँगै कुल संक्रमितको संख्या अब २३०० पुगेको छ ।