शनिबार, मंसिर ८ गते २०८१

लकडाउनको मोडेल परिबर्तन गर्न सुचि सहितको सरकारलाई सुझाव

लकडाउनको मोडेल परिबर्तन गर्न सुचि सहितको सरकारलाई सुझाव

अखबार दैनिक
बुधबार, जेठ २१ २०७७
  • लकडाउनको मोडेल परिबर्तन गर्न सुचि सहितको सरकारलाई सुझाव

    २१,जेठ, काठमाण्सडौं । सरकारले लकडाउनको मोडललाई परिर्वतन गर्ने गरी गृहकार्य थालेको छ।

    images

    सिंहदरबारमा निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरूसंग कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिवर्तन गर्ने सम्बन्धि छलफल गरेको हो ।

    छलफलमा सहभागी विभिन्न पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिले अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्या भन्दा भोकमरीको समस्या विकराल हुने भन्दै उद्योग सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे।

    लकडाउन लम्बिँदै जाँदा उत्पादन, बजारीकरणमा सहभागी मजदुर, लगानीकर्ता सबै प्रभावित हुने भन्दै व्यवसायीले लकडाउन खुकुलो पारेर क्षेत्रगत वर्गीकरण गरी उद्योग खोल्ने वातावरण मिलाउन सुझाव दिए। उनीहरुले जोखिमको स्तर हेरेर क्षेत्रगत रुपमा समय समेतको व्यवस्थापन गरी अर्थतन्त्र चलायमान बनाउन सुझाव दिएका छन्।

    छलफलमा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा,चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ,यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला,उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष चन्द्र भण्डारी,नेपाल निर्यात व्ंयवसायी महासघका महासचिव तथा पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापा लगायतको उपस्थित थियो ।

    छलफलमा जोखिमको तह र क्षेत्रलाई वर्गीकरण गरी विस्तारै लकडाउन खुकुलो बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन रेड, ग्रिन र एल्लो जोन गरेर लकडाउन खुकुलो बनाउन सरकारलाई आग्रह गरिएको छ ।

    यसैगरी समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वास्थ्य विज्ञ लगायत विभिन्न निकायका प्रतिनिधिहरू संग पनि छलफल गरि निर्णय लिने आवश्वास दिएको बताईएको छ ।

    नेपाल चेम्बर अफ कमर्सले कस्ता व्यवसाय खोल्ने भन्ने सम्वन्धमा समितिलाई सुची सहितको सुझाब दिएको हो 

    8319E4FE-59AB-4F10-BE30-55C00C357817.png

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ