बुधबार, माघ २३ गते २०८१

भाटभटेनीका ग्राहकलाई यो वर्ष साढे २२ करोडको उपहार

भाटभटेनीका ग्राहकलाई यो वर्ष साढे २२ करोडको उपहार

अखबार दैनिक
शुक्रबार, माघ ४ २०८१
  • भाटभटेनीका ग्राहकलाई यो वर्ष साढे २२ करोडको उपहार

    भाटभटेनी सुपर स्टोरले साढे २२ करोड रूपैयाँ बराबरको उपहार उपलब्ध गराउने घोषणा गरेको छ। भाटभटेनीले आफ्ना सदस्य रहेका नियमित ग्राहकहरू मध्येबाट गिफ्ट भौचरमार्फत् यति रकम बराबरको उपहार उपलब्ध गराउने घोषणा गरेको हो। सदस्यका रूपमा रहेका नियमित ग्राहकहरूमा गत वर्ष एक लाख ९ हजार ५२९ जना गिफ्ट पाउन योग्य बनेका छन्। 

    images

    यस्तो उपहार प्राप्त गर्नेले आफूले पाएको गिफ्ट भौचर बराबरको सामग्री देशभरका २७ वटा भाटभटेनी स्टोर्स, जहाँबाट पनि किन्न सक्नेछन्।

    भाटभटेनीका सिओओ पानु पौडेलका अनुसार कम्तीमा १३ सय रूपैयाँदेखि २ लाख रूपैयाँसम्मको गिफ्ट भौचर सदस्यहरूलाई बाँडिनेछ। यसरी बाँडिने गिफ्ट भौचर कुल २२ करोड ५२ लाख ४९ हजार ३२४ रूपैयाँ बराबरको हुनेछ। गिफ्ट भौचर २०८१ माघ ६ गतेदेखि फागुन ९ गतेसम्म बाँडिनेछ।

    भाटभटेनीले किनमेल गर्ने ग्राहकलाई मोबाइल नम्बरको आधारमा सदस्यता प्रदान गर्दै आएको छ। ग्राहकले निश्चित रकम बराबरको सामान किन्दा त्यसको आधारमा अंक (प्वाइन्ट) बन्छ। यिनै अंकको आधारमा उपहार योजना बनाइने व्यवस्था छ।

    भाटभटेनीले आफ्ना ग्राहकका लागि बेला बेलामा विभिन्न सुविधा प्याकेज घोषणा गर्दै आएको छ। चाडवाड र पर्वहरूमा पनि विशेष छुट दिँदै आएको सिओओ पौडेलको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार