बिहीबार , असोज ३ गते २०८१

जनजीविका र स्वास्थ्यलाई बिशेष ध्यान दिई लकडाउन खुकुलो पार्न बिज्ञापन संघ (आन) को आग्रह

जनजीविका र स्वास्थ्यलाई बिशेष ध्यान दिई लकडाउन खुकुलो पार्न बिज्ञापन संघ (आन) को आग्रह

अखबार दैनिक
मंगलबार, जेठ २० २०७७
  • जनजीविका र स्वास्थ्यलाई बिशेष ध्यान दिई लकडाउन खुकुलो पार्न बिज्ञापन संघ (आन) को आग्रह

    २० जेठ, काठमाडौं । नेपाल विज्ञापन संघले आमनागरिकको स्वास्थ्य एवं जनजीविकालाई पुर्नविचार गर्दै लकडाउनको तरिकालाई बिश्लेषण गरी अन्य समाधानका उपायहरुको खोजी गर्न नेपाल सरकारलाई आग्रह गरेको छ

    images

    संघले सोमवार एक बिज्ञप्ती जारी गर्दै चैत्र ११ गते देखि देशव्यापीरुपमा लगाएको लकडाउनलाई पुनः २०७७ जेष्ठ ३२ गते सम्मका लागि कायम राख्ने निर्णय गरेसँगै लामो समयसम्मको लकडाउनले गर्दा आम जनजीवनमा असर परेको भन्दै यसमा पुनर्विचार गर्न आग्रह गरेको हो।

    लकडाउनले उद्योग, व्यवसाय, कल कारखाना, सेवाउद्योग, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई हृदयंगम गरी विस्तारै सुरक्षित तवरवाट जनजीवनलाई सहज हुने गरी केही खुकुलो पार्न आवश्यक भएको संघको ठहर छ ।

    87B8B27F-D6A7-4B65-8EA2-6DD1CF70C83C.jpeg

    उद्योग, व्यवसाय, कल कारखाना, सेवाउद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर वन्द गरिरहँदा आमजनसमुदाय, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेशाकर्मी सञ्चालक, उद्योगीलाई आर्थिक रुपमा क्षतिका अलावा अर्बौंको लगानी समेत डुब्ने यर्थाथतालाई समेत सोचेर राज्यले एक अभिभावकको भूमिका निर्वाह गर्दै निर्णय लिनुपर्ने संघको मत छ ।

    रोगको माहामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई संगसंगै अगाडि बढाउन सरोकारवाला पक्ष तथा विशेषज्ञ समेतको परार्मश गरि मध्यममार्गी बाटो अपनाउन  अपरिहार्य देखिएको संघले बताएको छ ।

    'कोरोना भाइसरबाट बच्ने उपायहरुको पूर्णपालना गर्दै स्वास्थ्यसम्बन्धी जानकारीलाई शिरोपर गर्ने शर्तमा व्यवसाय तथा उद्योग सञ्चालनमा ल्याउन आन माग गर्दछ,' अध्यक्ष रवीन्द्र कुमार रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। लकडाउन लम्बिँदै गए देश गहिरो आर्थिक संकटमा परी आमनागरिक भोकमरीको शिकार हुनसक्ने तर्फ सचेत रहनसमेत संघले सचेत गराएको छ। 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ