२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यसैगरी काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए उनीहरु सबै स्वास्थ्यकर्मी हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ ।