बिहीबार , असोज ३ गते २०८१

१२ जिल्लाको प्रमुख जिल्ला अधिकारी परिवर्तन

१२ जिल्लाको प्रमुख जिल्ला अधिकारी परिवर्तन

अखबार दैनिक
सोमबार, जेठ १९ २०७७
  • १२ जिल्लाको प्रमुख जिल्ला अधिकारी परिवर्तन

    काठमाण्डौं, १९ जेठ गृह मन्त्रालयले १२ जिल्लाको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहले ४४ जना सह–सचिव तथा उप–सचिवको नियमित सरुवा, काज तथा पदस्थापन गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको हो । आज प्रकाशित सरुवा सूची अनुसार सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सरुवा गरिएका सीडीओ मध्ये अधिकांश एक वर्षभन्दा बढी जिल्लामा बसिसकेका अधिकारीहरु छन् । केहीलाई कार्यसम्पादनको आधारमा पनि परिवर्तन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ