बुधबार, माघ २ गते २०८१

इतिहासकै सबैभन्दा महँगो विपद्

इतिहासकै सबैभन्दा महँगो विपद्

अखबार दैनिक
सोमबार, पुस २९ २०८१
  • इतिहासकै सबैभन्दा महँगो विपद्

    एजेन्सी । अमेरिकाको लस एन्जलिसमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्। उक्त क्षेत्रमा तीव्र हावा चल्ने भएकाले यो साता आगलागी अझै बढ्न सक्ने मौसमविद्को अनुमान छ ।

    images

    आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले यो जानकारी दिएका हुन् । अधिकारीहरूले यसअघि १६ जना बेपत्ता भएको बताएका थिए ।  यस आगलागीका कारण इटन क्षेत्रमा १६ जनाको मृत्यु भएको छ भने पालिसेडेस क्षेत्रमा ६ जनाको मृत्यु भएको छ ।

    अग्नि नियन्त्रकले अझै तीन ठाउँमा आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागीका कारण सबैभन्दा बढी क्षति पालिसेडमा भएको छ, जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । 

    आइतबार एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमान बढाएर २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुर्‍याएको छ।

    तस्बिर रोयटर्स : 

    los-angles-fire-(3)_356OjpZtQm.jpglos-angles-fire-(5)_CDOkL0cRl9.jpglos-angles-fire-(9)_JdbYHGU8uM.jpglos-angles-fire-(11)_IVeLS9vNyv.jpglos-angles-fire-(13)_6wZ4NALazG.jpgla-fire-cover_Lt5mBJH5AS.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार