बुधबार, माघ २३ गते २०८१

लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २४  पुग्यो

लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २४  पुग्यो

अखबार दैनिक
सोमबार, पुस २९ २०८१
  • लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २४  पुग्यो

    अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । नेपाली समयअनुसार सोमबार बिहानसम्ममा मृतकको सङ्ख्या २४ पुगेको अमेरिकी सरकारले जनाएको छ । लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीले मृत्यु हुनेको सङ्ख्या २४ पुगेको बताएका हुन् । जबकि ती अधिकारीहरूले यसअघि १६ जना बेपत्ता भएको बताएका थिए । क्यालिफोर्नियाका मौसमविद्हरूले सो क्षेत्रमा थप तीव्र हावा चल्ने भएकाले आगलागी अझै फैलन सक्ने चेतावनी दिएका छन् ।

    images

    अझै तीन ठाउँमा लागेको आगो अझै नियन्त्रण हुन सकेको छैन । दमकलले आगो निभाउने प्रयास भइरहेको बीबीसीको समाचारमा उल्लेख छ ।

    यस आगलागीका कारण इटन क्षेत्रमा १६ तथा पालिसेडेस क्षेत्रमा ६ जनाको मृत्यु भएको छ । आगलागीका कारण सबैभन्दा बढी क्षति पालिसेडमा भएको छ, जहाँ २३ हजार एकड जमिनभन्दा बढी क्षेत्र जलेको छ । आइतबार एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमान बढाएर २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुर्याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार