काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकले घटेको छ । आज बजार २५.४१ अंकले घटेर २६०९.६७ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । ४३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ। १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।