काठमाडौँ – जापानमा बस्दै आएका समाजसेवी रविन श्रेष्ठको आर्थिक सहयोगमा अति विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ ।
गोरखाको गण्डकी गाउँपालिका वडा नं.१ मकैसिंहका अति विपन्न ३५ घरपरिवारलाई चामल, नुन, तेल, साबुन लगायतका राहत सामाग्री वितरण गरिएको श्रेष्ठले जानकारी दिए । राहत वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, वडा नं. १ का वडा अध्यक्ष गिरबहादुर गुरुङ, वडा सचिब,समाजका अगुवाहरु अर्जुनकुमार श्रेष्ठ, दुर्गा श्रेष्ठ,तोपमान गुरुङ, नन वि.क,जनक बहादुर श्रेष्ठ ,कर्ण बहादुर चेपाङ, राम बहादुर आले लगायत अन्य समाजसेवीहरुले राहत वितरण गर्न सहयोग गरेका थिए । आफु जापानमा भए पनि नेपालमा राहत वितरण गरिदिएकोमा श्रेष्ठले सबैलाई धन्यावाद दिएका छन् । राहत पाएपछि स्थानीयहरु निकै खुसी भएका छन् ।
श्रेष्ठ मकैसिंहकै स्थानीय बासिन्दा हुन् । उनी वितग ७ वर्ष देखि जापानमा बस्दै आएका छन् । उनले कोरोना भाइरसको महामारीका कारण नेपालमा लकडाउनको मारमा परेका अति विपन्न परिवारलाई राहत उपलब्ध गराउँदै आएका छन् । यस अघि उनले काठमाडौँको तारकेश्वर नगरपालिकाका अति विपन्न परिवारलाई राहत वितरण गरेका थिए । उनले नेपालमा समस्यामा परेका नागरिकहरुलाई बेला बेला आर्थिक सहयोग गर्दै आएका छन् । जापानमा पनि समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएका छन् ।