काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । मंगलबार बजार ६.१६ अंकले बढेर २६४६.८४को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको बजारमा १२६ कम्पनीको सेयर मूल्य बढेको छ। १०७ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
मंगलबार सप्तकोशी विकास बैंक,न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मुल्य भने १० प्रतिशतले घटेको छ ।