बुधबार, पुस २४ गते २०८१

नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न

नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न

अखबार दैनिक
मंगलबार, पुस २३ २०८१
  • नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारणसम्पन्न भएको छ । उक्त एघारौं वार्षिक साधारण सभाबाट आव २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ ।

    images

    संचालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र प्रेमप्रसाद रेग्मी निर्विरोध चयन भएका छन् । साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार