बुधबार, माघ २३ गते २०८१

अमेरिकामा भीषण हिमआँधीपछि आपत्‌काल घोषणा

अमेरिकामा भीषण हिमआँधीपछि आपत्‌काल घोषणा

अखबार दैनिक
सोमबार, पुस २२ २०८१
  • अमेरिकामा भीषण हिमआँधीपछि आपत्‌काल घोषणा

    अमेरिकामा आएको भीषण हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपत्‌काल घोषणा गरिएको छ । बीबीसीका अनुसार केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी र मिसौरीलगायत धेरै राज्यले आपत्‌काल घोषणा गरेका छन्।

    images

    भारी हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन्। प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ। हिमपातबाट अमेरिकाका दुई राज्य कन्सास र मिसौरी सबैभन्दा बढी प्रभावित छन्। त्यहाँ आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिउँ जमेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार