बिहीबार , माघ १७ गते २०८१

गार्डियन माइक्रोको आइपीओ आजबाट खुल्यो

गार्डियन माइक्रोको आइपीओ आजबाट खुल्यो

अखबार दैनिक
आइतबार, पुस २१ २०८१
  • गार्डियन माइक्रोको आइपीओ आजबाट खुल्यो

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) आज आइतबारबाट खुल्ला भएको छ । 

    images

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दारले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर आइपीओ मार्फत सार्वसाधरणलाई खुल्ला गरेको हो । 

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता शेयर आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो ।  जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । 

    बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर भने सर्वसाधारणलाई आइपीओ मार्फत पुष २१ गतेबाट बिक्री खुल्ला भएको छ । उक्त आइपीओमा पुष २४ गतेसम्म आवेदन दिन सकिन कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार