शनिबार, मंसिर ८ गते २०८१

प्रधानसेनापतिद्बारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्बारा दर्ज्यानी चिन्ह प्रदान

अखबार दैनिक
शुक्रबार, जेठ १६ २०७७
  • प्रधानसेनापतिद्बारा दर्ज्यानी चिन्ह प्रदान

    ​१६, जेठ, काठमाण्डौं । नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २० जेष्ठ १२ गतेकोनिर्णय अनुसार  श्री वीरेन्द्र अस्पतालमा कार्यरत प्राविधिक रथीबृन्द तथा अधिकृतहरुलाई आज मिति २०७७ जेष्ठ १६ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ

    images

    सो समारोहमा प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका श्री वीरेन्द्र अस्पतालका सहायक रथी डा. श्री नगेन्द्र बहादुर के.सी., प्राविधिक सहायक रथी दर्जामा पदोन्नति हुनु भएका सोहीअस्पतालका प्राविधिक महा सेनानी डा. श्री भरत बहादुर भण्डारी प्राविधिक महा सेनानी दर्जामा पदोन्नति हुनु भएका सोहीअस्पतालका प्राविधिक प्रमुख सेनानी डा. श्री सुमनराज डंगोललाईदर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो    

    8F4B6E41-F783-45BD-8164-7279F084626D.jpeg

    साथै, पदोन्नति हुनु भएका प्राविधिक उपरथी डा.श्री नगेन्द्र बहादुर के.सी.लाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारीमा नियुक्त गरेको छ भने अन्य रथीबृन्द तथा अधिकृतहरुलाई सोही अस्पतालमा पदस्थापन गरिएको व्यहोरा जानकारी गराईन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ