काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार चार अंकले बढेको छ । बिहीबार बजार ४.६३ अंकले बढेर समग्र बजार मापक २,५८६.२३ विन्दुमा पुगेको हो ।
आज १५६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ७७ कम्पनीको सेयरमूल्य घटेको छ । ङादी हाइड्रो, सामुदायिक लघुवित्त, सप्तकोसी विकास बैंक, सिन्धु विकास बैंक, सुपरमादी हाइड्रो उच्च कमाउने शीर्ष कम्पनीमा परे । ङादीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ अर्थात् १० प्रतिशतले बढेको छ ।
बजारसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । आज चार अर्ब ६० करोड ३२ लाख ८२ हजार ३७९ रुपैयाँ बराबरको एक करोड ८६ हजार ७०५ कित्ता सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिनको कारोबारमा तीन अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । समूहगत उपसूचकतर्फ बैकिङ सेक्टर, लगानी लघुवित्त, व्यापार र अन्य सूचकको सेयरमूल्य घट्दा बाँकी समूह उकालो लागे ।