काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार आज सामान्य अंकले बढेको छ । आज बजार ५.१० अंकले बढेर २५८१.६० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार बढे पनि कारोबार रकम भने घटेको छ । आज ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ। १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ। ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
आज त्रिशूली जलविद्युत कम्पनी लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी आज भने सपोर्ट माइक्रोफाइनान्सको सेयर मुल्य १० प्रतिशतले घटेको छ ।