काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । केन्द्रीय विभागमा मनोनयन र केन्द्रीय समिति बैठकको तयारीका लागि पनि बैठक राखिएको रास्वपाले जनाएको छ ।