साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार १४.११ अंकले बढेको बजार बिहीबार ४.१९ अंकले बढेर २ हजार ६३०.७१ विन्दुमा बन्द भएको हो ।
बिहीबार ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको घटेको छ । बाँकी रहेका ९ कम्पनीको शेयरमूल्य स्थिर छ ।
आज आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्र्रोफानान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार प्रभु बैंकको भएको छ । बैंकको ५० करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।