आइतबार, जेठ ६ गते २०८१

सगरमाथाको चुचुरोमा चिनियाँ सर्वेक्षण टोली,

सगरमाथाको चुचुरोमा चिनियाँ सर्वेक्षण टोली,

अखबार दैनिक
बिहीबार , जेठ १५ २०७७
  • सगरमाथाको चुचुरोमा चिनियाँ सर्वेक्षण टोली,
     
     

    १५, जेठ , एजेन्सी एक चिनियाँ सर्वेक्षण टोली बुधवार सगरमाथा (माउन्ट चोमोलाङ्मा/ माउन्ट एभरेष्ट)को शिखरमा पुगेका छन्।

    images

    उनीहरुले संसारको सबैभन्दा अग्लो शिखरको उचाइ पुनः नापेका छन्।

     यसलाई हिमाली सर्वेक्षणमा एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले प्रकृतिप्रति मानवीय ज्ञान बढाउने र वैज्ञानिक विकासलाई बढावा दिने विश्वास पनि राखिएको छ।

    C78A94B3-08A1-4845-9695-F842B0E555A7.jpeg

    ८ सदस्य टोली बुधबार बिहान ११ बजे सगरमाथाको शिखरमा पुगेका हो। त्यहाँ उनीहरुले एक सर्वेक्षण मार्कर जिएनएसएस (ग्लोभल नेभिगेसन स्याटलाइट सिस्टम) स्थापना गरे भने अन्य ६ सर्वेक्षणकर्ताहरूले शिखरको तल्लो भागबाट अवलोकन गरेका थिए।

    'माउन्ट सगरमाथा उचाइ परिवर्तनले विश्वव्यापी भुगोल र पारिस्थितिको अध्ययन गर्न महत्त्वपूर्ण भुमिका खेल्नेछ र यसले मानिसहरुको जीवनमा समेत ठूलो असर पार्नेछ,' प्राकृतिक संसाधन मन्त्रालयका इन्जिनियर चेन गाङले भने।

    सर्वेक्षणको टोली मे ६ गते शिखरतर्फ प्रस्थान गरेको थियो। तर मौसम खराबीका कारण उनीहरु योजनामा दुई पटक विलम्ब हुन पुगेको थियो।

    '१५ जेठ , एजेन्सी ।

     र किन्हाई-तिब्बत पठारको उचाइ परिवर्तनहरूको अध्ययनका लागि पनि माउन्ट चोमोलाङ्माको सही उचाई मापन आवश्यक छ,' चिनियाँ एकेडेमी अफ साइन्सका वायुमण्डलीय भौतिकशास्त्री गाओ डेङ्गीले भने।

    सर्वेक्षण टोलीका सदस्यहरू  माउन्ट चोमोलाङ्माको शिखरमा साढे दुई घण्टा बसेका थिए।

    D2176124-1ECB-4DF0-B9A3-1CFBF6F13018.jpeg

    यो चिनियाँ आरोहीहरूको लागि नयाँ रेकर्ड पनि हो। सगरमाथाको चुचुरोमा चिनियाँ टोलीमात्र पुगेको यो पहिलोपटक हो।

    यसक्रममा टोलीले हिउँको गहिराई  पनि मापनसँगै जिएनएसएस, गुरुत्वाकर्षण र मौसम सर्वेक्षण गरेको थियो।

    सर्वेक्षणको नतिजा प्राप्त तथ्यांकको जाँच पछि सार्वजनिक गरिनेछ।

    'कमाण्ड, हामीले सर्वेक्षण अभियान पूरा गरिसकेका छौं र तल आउन तयार छौं', दिउँसो साढे ११ बजे टोलीका नेता टेन्सरले आधार शिविरमा रहेको कमाण्डलाई रिपोर्ट गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार